
May 20 2025 | २०८२, जेठ ६ गते
काठमाडौं । बैतडीमा सडेको अवस्थामा एक शिशुको शव फेला परेको छ ।
जिल्लाको मेलौली नगरपालिका–१ बसपार्क नजिकै सडेको अवस्थामा अन्दाजी ६/७ महिनाको शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले बताए । उक्त शवको कम्मरमाथि भाग नरहेको उनले बताए ।
सोमवार अपराह्न ४ बजेतिर शिशुको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। शवको कसको हो भन्ने कुरा पहिचान हुन सकेको छैन ।
घटनाका बिषयमा थप अनुसन्धानका लागि प्रहरी टोली खटिएको प्रहरी निरीक्षक बडूले बताए। शव भेटिएको ठाउँमा पहिला चिहान पनि भएकाले कसैको गाडेको शव हो कि भन्ने आशंका समेत गरिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij