Logo

May 20 2025 | २०८२, जेठ ६ गते

May 20 2025 | २०८२, जेठ ६ गते

किर्ते गरी जग्गा बेच्न खोज्ने पाँच जना पक्राउ

किर्ते गरी जग्गा बेच्न खोज्ने पाँच जना पक्राउ

  • काठमाडौं । सरकारी छाप र दस्तखत किर्ते गरी संयुक्त नाममा रहेको जग्गा बेच्ने प्रयास गर्ने पाँच जना पक्राउ परेका छन् । प्रहरीले मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ४ का चेतनलाल राजवंशी, कन्हरुलाल केवरत, विष्णु राजवंशी, झरियादेवी राजवंशी र पैखनलाल राजवंशीलाई सरकारी छाप र दस्तखत किर्ते गरी संयुक्त नाममा रहेको जग्गा बेच्न खोजेको आरोपमा पक्राउ गरेको हो ।

    images
    images
    images

    वडाअध्यक्ष देवीलाल ताजपुरियाको हस्ताक्षर र वडाको छाप उनीहरुलेकिर्ते गरेको पाइएको छ । वडाबाट घरबाटो र जग्गा वर्गीकरणको सिफारिस बनाउँदा हस्ताक्षर, वडाको छाप र लेटरहेड किर्ते गरी सिफारिस पत्र बनाएको पाइएको छ ।

    images

    वडाध्यक्ष ताजपुरियाले उनीहरुविरुद्ध जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा उनीहरु पक्राउ परेका हुन् । उनीहरु विरुद्ध सरकारी छाप र दस्तखत किर्ते मुद्दा चलाउने प्रहरीको तयारी रहेको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij