
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । नेपाल प्रहरीका ५ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को पदस्थापन गरिएको छ । प्रहरी उपरीक्षक अर्जुनकुमार तिमल्सिनाले जनपथ प्रहरी समूहका ५ जना एसपी एसएसपीमा बढुवा भएकाले उनीहरुलाई पदस्थापन गरिएको जानकारी दिए । बढुवा सिफारिस भएको सूचीको पहिलो नम्बरमा बसन्त रजौरे रहेका थिए ।
उनको अपराध अनुसन्धान विभाग नक्साल, दोस्रो नम्बरमा रहेका रविकुमार पौडेलको बागमती प्रदेशको शान्ति सुरक्षा महाशाखा, ननिनराज राईको प्रधान कार्यालय अन्तर्राष्ट्रिय प्रहरी समन्वय महाशाखा, बीरबहादुर ओलीको कर्णाली प्रदेशको अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा र चन्द्रदेब राईको प्रहरी प्रधान कार्यालय, कार्य निर्देशनालय नक्सालमा पदस्थापन गरिएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij