
May 20 2025 | २०८२, जेठ ६ गते
काठमाडौँ । महोत्तरीमा स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल, नेपाल पोखरभिण्डाबाट खटेको प्रहरी टोलीले आठ लाख भन्दा बढी रकमसहित दुई जना पक्राउ परेका हुन् ।
सशस्त्र प्रहरीका अनुसार पक्राउ पर्नेमा महोत्तरी सम्सी गाउँपालिका ३ का वर्ष २८ का रमेशकुमार साह र रामगोपालपुर नगरपालिका सहसौलाका ३२ वर्षीय अनिल चौधरी रहेका छन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेको मधेस प्रदेश ०२–००६प–१६२१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा दुबैजनालाई नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरीले उनीहरूको साथबाट श्रोत नखुलेको ८ लाख १० हजार ९२० रुपैयाँ बरामद गरेको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij