
May 20 2025 | २०८२, जेठ ६ गते
काठमाडौँ । बुटवलबाट आठ ग्राम ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रूपन्देहीको बुटवल उपमहानगरपालिका–११ बस्ने २८ वर्षीय सुनील श्रेष्ठ, बुटवल–९ बस्ने २१ वर्षका साहिल थापा र तिलोत्तमा नगरपालिका वडा–७ बस्ने २९ वर्षका सागर लम्साल रहेका छन् ।
इलाका प्रहरी कार्यालय, बुटवलले लागुऔषध बिक्री भइरहेको सूचनाका आधारमा बुटवल–११ देवीनगरबाट ७ ग्राम ९० मिलिग्राम लागुऔषध ब्राउन सुगरसहित उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई लागुऔषध कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij