
May 20 2025 | २०८२, जेठ ६ गते
काठमाडौँ । काठमाडौँको बागबजारबाट हुण्डी र अनलाइन जुवा कारोबार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२८ घर भएका ४८ वर्षीय रुपेश श्रेष्ठ रहेका छन् । केन्द्रिय अनुसन्धान ब्यूरोले आरोपीको साथबाट ९९ लाख २ हजार हुण्डी र अनलाइन जुवाको रकम बरामद गरिएको जनाए ।
ब्युरोको टोलीले आरोपीतको घर खानतलाली गरेर ८९ लाख ६९ हजार नेपाली रुपैयाँ र ७ हजार २६ अमेरिकी डलर बरामद गरेको हो । उनिबिरुद्ध राष्ट्रबैंक ऐन–२०५८ अन्तर्गतको कसुर गरेको मुद्दामा ब्यूरोले अनुसन्धान गरिरहेको छ ।
बिना अनुमति ‘क्यास एप’ लगायतका मोबाइल एप संचालन गरेर श्रेष्ठले हुण्डी, अनलाईन जुवा र क्रिप्टो करेन्सीको कारोबार गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij