Logo

May 20 2025 | २०८२, जेठ ६ गते

May 20 2025 | २०८२, जेठ ६ गते

फलामको रड प्रहार गरी बुबाको हत्या

फलामको रड प्रहार गरी बुबाको हत्या

  • काठमाडौं । सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका–१ शिखरडाँडा निवासी ३२ वर्षीय दावा घिसिङले फलामको रड प्रहार गरी बुबा ७२ वर्षीय बुद्धिमान घिसिङको हत्या गरेका छन् ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालयका अनुसार पारिवारिक झगडाका कारण दावाले बुधबार राति ९ बजेतिर फलामको रड टाउकोमा प्रहार गर्दा बुद्धिमानको घटनास्थलमै मृत्यु भएको हो ।

    images

    बुबाको हत्या गरी छोरा दावा फरार रहेका र निजको खोजतलास भइरहेको कार्यालयका प्रवक्ता तथा डिएसपी चिरञ्जीवी दाहालले  बताउनुभयो । मृतकको लास पोष्टमार्टमका लागि कपिलाकोट प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ ।

    images

    घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रवक्ता दाहालले जानकारी दिनुभयो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij