Logo

May 20 2025 | २०८२, जेठ ६ गते

May 20 2025 | २०८२, जेठ ६ गते

भोलि अत्यावश्यक काममा मात्र घर बाहिर निस्कन सर्वसाधारणलाई अनुरोध

भोलि अत्यावश्यक काममा मात्र घर बाहिर निस्कन सर्वसाधारणलाई अनुरोध

  • काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौँले भोलि अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

    images
    images
    images

    उपत्यका ट्राफिक प्रहरी कार्यालये आज एक सूचना निकाल्दै भोलि उपत्यकाका विभिन्न स्थानहरूमा विभिन्न समूहले ¥याली र जुलुसका साथै विरोध प्रदर्शन गर्ने भएकाले काठमाडौँ उपत्यका भरी सवारी आवागमनमा असहजता सिर्जना हुन सक्ने बताएको छ । भोलि एकै दिन मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा एमालेको युवा संघ नेपालले काठमाडौँ केन्द्रित प्रदर्शन गर्दैछन् ।

    images

    प्रशासन कार्यालयले प्रदर्शनबाट उत्पन्न हुन सक्ने सम्भावित घटनालाई लिएर विभिन्न स्थानमा निषेधित क्षेत्र समेत घोषणा गरिसकेको छ । सडकमा निस्कन पूर्व १०० वा १०३ मा टेलिफोन गर्न र ट्राफिक एफ. एम ९५.५ मेगाहर्ज सुनी सडकको अवस्थाको जानकारी लिएर मात्र निस्कन हुन पनि ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij