
May 20 2025 | २०८२, जेठ ६ गते
काठमाडौं । “डिशहोम सुपरस्टार–हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” योजना अन्तर्गत आगामी हप्ता डिशहोम मेगास्टारको घोषणा हुँदैछ । २०८० मंसिर ११ गते सोमबार लक्की ड्रमार्फत डिशहोम मेगास्टारको छनोट हुनेछ । डिशहोम रिचार्ज तथा नयाँ कनेक्सन जडान गर्ने ग्राहकहरु असोज १, २०८० देखि मंसिर ११, २०८० दिउँसो १२ वजेसम्म यो योजनामा सहभागी हुन सक्नेछन् ।
यस अभियानका बम्पर विजयी ग्राहक सिजनकै मेगास्टार बनी नगद रु दश लाख, मिडियामा फेमश र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव गर्ने मौका पाउनेछन् ।यसअघि हरेक हप्ता सुपरस्टार बनी नगद रु एक लाख जित्ने डिशहोमका ९ भाग्यशाली ग्राहकहरुको घोषणा गरिसकिएको छ ।
डिटिएच रिचार्ज तथा नयाँ कनेक्सन जडान गरि मंसिर ११ गतेसम्म यो योजनामा सहभागी हुन सकिनेछ । डिशहोम मेगास्टारको लक्की ड्र छनोटको प्रत्यक्ष प्रसारण ईमेज च्यानल, डिशहोम शोकेश, रमाइलो टिभी, सरोकार टिभी, र डिशहोमको आधिकारिक फेसबुक पेजमा साँझ पाँच बजे गरिनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij