
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । काठमाडौंको माइतीघर आसपासका क्षेत्रमा निषेधाज्ञाविरुद्धको रिट सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको इजलासमा परेको छ । यो मंसिर महिनाभर जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर आसपाको क्षेत्रमा सभा, जुलुस गर्न नपाउने गरी निषेधाज्ञा आदेश जारी गरेको थियो ।
तर अधिवक्ताहरू भद्रप्रसाद नेपाल र प्रेमप्रसाद सिलवालले उक्त आदेशविरुद्ध मंगलबार रिट दायर गरेका हुन् । सर्वोच्चले यसअघि तत्कालीन गृहमन्त्री रामबहादुर थापाले जारी गरेको निषेधाज्ञाविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितको रिटमा सरकारको निर्णय खारेज हुने गरी प्रतिशोधको आदेश जारी गरेको थियो ।
त्यति बेलाको सर्वोच्चको फैसलामा सरकारले शान्तिपूर्ण विरोधका निम्ति ठाउँ तोकिदिन नमिल्ने उल्लेख छ । शान्तिपूर्ण प्रदर्शन र विरोधका निम्ति कुनै पनि ठाउँ निषेधित नहुने सर्वोच्चको फैसला छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij