Logo

May 20 2025 | २०८२, जेठ ६ गते

May 20 2025 | २०८२, जेठ ६ गते

बालुवाटार र शीतल निवास क्षेत्रमा पनि निषेधाज्ञा जारी

बालुवाटार र शीतल निवास क्षेत्रमा पनि निषेधाज्ञा जारी

  • काठमाडौं । माइतीघरपछि जिल्ला प्रशासन कार्यालयले राष्ट्रपति निवास शीतल निवास र प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा पनि निषेधाज्ञा जारी गरेको छ ।राष्ट्रपति कार्यालयको पूर्व पवित्र वर्कशपसम्म, पश्चिम सामाखुसी निस्कने नाला, उत्तर प्रहरी प्रशिक्षण प्रतिष्ठानको पूर्वी गेट र दक्षिणमा प्रहरी अस्पताल जाने मोडसम्म काठमाडौंका प्रमुख जिल्ला अधिकारीले निषेधको आदेश जारी गरेको हो ।

    images
    images
    images

    साथै बालुवाटारमा पवित्र वर्कशप चोकबाट बालुवाटारतर्फ नेपाल राष्ट्र बैंक चोक र सभामुखदेखि गैह्रीधारा जाने बाटोको पश्चिम दक्षिण १०० मिटरसम्म पाँच जनाभन्दा बढी भेला हुने नदिने आदेश जारी भएको हो । प्रशासनले जारी गरेको विज्ञप्तिमा मंसिर ५ गतेबाट लागू हुनेगरी आगामी ३० दिनसम्मका लागि यी स्थानमा जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन र सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको उल्लेख छ ।

    images
    धर्ना, जुलुसजस्ता कार्यक्रम गर्दा आपसी शान्ति सुरक्षा भङ्ग हुनसक्ने र नागरिकको सेवा प्रवाहमा असर गर्न सक्ने भएकाले सो क्षेत्रमा धर्ना, जुलुस गर्न रोक लगाइएको जनाइएको छ । यसअघि माइतीघर–बानेश्वर र ललितपुरको पुलचोक क्षेत्रमा स्थानीय प्रशासनले निषेधको आदेश जारी गरिसकेको छ ।
     
    note.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij