
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । टिकटकमाथि प्रतिबन्धको निर्णयविरुद्धका रिट सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको इजलासमा परेको छन् । सोमबार न्यायाधीश डा. कुमार चुडालको एकल इजलास बस्नै नसकेपछि ती रिट ‘हेर्न नभ्याइने’मा परेका थिए ।
मन्त्रिपरिषद्ले कात्तिक २७ गते नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । सो प्रतिबन्धको निर्णय कार्यान्वयन हुने वा रोकिने भन्ने सर्वोच्चको आदेशमा निर्भर रहन्छ सर्वोच्चले कारण देखाऊ आदेश मात्र जारी गरेमा भने अन्तिम फैसला नहुँदासम्म टिकटकमाथिको प्रतिबन्ध कायम रहनेछ ।
मन्त्रिपरिषद्को सो निर्णयविरुद्ध १४ रिट दर्ता छन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अनन्तराज लुइँटेल, सुनीलरञ्जन सिंह, भद्रप्रसाद नेपाल, अञ्जन धिताल, यज्ञमणि न्यौपाने, रामकृष्ण बञ्जरा, प्रेमराज सिलवाल, त्रिलोकबहादुर चन्दलगायत अधिवक्ताले रिट दायर गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij