Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

रिगललाई पठाइयो पुनः बाँके कारागार

रिगललाई पठाइयो पुनः बाँके कारागार

  • काठमाडौँ । योगराज ढकाल ‘रिगल’ लाई थप सजाय भुक्तान गराउन जिल्ला अदालत बाँके पठाइएको छ । सर्वोच्च अदालतको आदेशपछि पक्राउ परेका रिगललाई प्रहरीले शुक्रबार अदालतमा पेश गरेको थियो । जिल्ला अदालत बाँकेले रिगललाई जिल्ला कारागार पठाएको हो।

    images
    images
    images

    रिगललाई कारागार चलान गरिएको जिल्ला अदालतका सहसिलदार प्रेमराज खनियाले बताए । गत असोज ३ गते संविधान दिवसका दिन रिगल जेलबाट छुटेका थिए । राष्ट्रपतिले सरकारको सिफारिसमा उनलाई कैद मिनाहा गरिदिएका थिए । उनको कैद मिनाविरूद्ध सर्वोच्चमा रिट परेको थियो ।

    २०७२ असार २८ गते नेपालगञ्जको धम्बोझी चोक नजिकै चेतन मानन्धरमाथि रिगलले खुँडा प्रहार गरी हत्या गरेका थिए । सरकारले रिगलको बाँकी कैद मिनाहा गर्ने निर्णयविरूद्ध चेतनकी श्रीमती भारतीले गत असोज २२ गते सर्वौच्चमा रिट दायर गरेकी थिइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij