Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

सर्वोच्च न्यायाधीश सिन्हा बुधबारबाट अवकाशमा

सर्वोच्च न्यायाधीश सिन्हा बुधबारबाट अवकाशमा

  • काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा बुधबारबाट अवकाशमा जाँदै छन् । मंगलबार सर्वोच्च अदालत परिसरमा न्यायाधीश सिन्हाको बिदाइ कार्यक्रम राखिएको छ ।

    images
    images
    images

    सिन्हा ६५ वर्षे उमेर हदका कारण सिन्हा अनिवार्य अवकाशमा जान लागेका हुन् । सिन्हाले सर्वोच्च अदालतमा ७ वर्ष ३ महिना सेवा गरेका छन् । वरिष्ठ अधिवक्ताबाट सर्वोच्च अदालतको न्यायाधीशमा २०७३ सालमा नियुक्त भएका सिन्हा मुख्यतः कर्पोरेट ल मा दख्खल राख्ने गर्दथे । न्यायाधीश सिन्हाको फौजदारी मुद्दामा समेत धेरै फैसला नजिर स्थापित गर्ने किसिमका छन् ।

    अधिवक्ता तथा वरिष्ठ अधिवक्ता र सर्वोच्चका न्यायाधीशका रूपमा काम गर्दासमेत न्यायाधीश सिन्हा कहिल्यै विवादमा आएका थिएनन् । बुधबारबाट अनिवार्य अवकाशमा जान लागेका सिन्हालाई मंगलबार अपरान्ह ४ बजे सर्वोच्च अदालत परिसरबाट बिदाइ गरिँदै छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij