
May 21 2025 | २०८२, जेठ ७ गते
काठमाडौं । काठमाडौंको शान्तिनगरस्थित हरिसिद्धि पेट्रोल पम्प सिल गरिएको छ । बिहीबार केन्द्रीय अनुगमन समितिले गरेको अनुगमनमा उपभोक्तालाई कम मात्रामा पेट्रोल बिक्री गरेको फेला परेपछि सो पम्प सिल गरिएको हो ।
अनुगमनमा खटिएका प्रधानमन्त्री कार्यालय मातहतको हेल्लो सरकारका विभागीय प्रमुख प्रद्युम्न उपाध्यायकाअनुसार सो पम्प सिल गरिएको हो । मंगलबार र बुधबार सो अनुगमन टोलीले यस्तै प्रकारको ठगीमा संलग्न ३ वटा पेट्रोल पम्प सिल गरेको थियो ।
सिल गरिएका पेट्रोल पम्पहरुमा मंगलबार गैरी गाउँको भ्याली आयल स्टोर सिल गरेको थियो भने बुधबार सशस्त्र प्रहरीको सञ्चालन गरेको स्वयम्भूको हलचोक फ्यूल सेन्टर र कलंकीको श्यामा आयल स्टोर रहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij