
May 21 2025 | २०८२, जेठ ७ गते
काठमाडौँ । २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खिजिदेम्बा गाउँपालिका-३ पुठा बस्ने २३ वर्षीय फुरी शेर्पा रहेका छन् ।
गत असोज १९ गते शेर्पाले ती महिलालाई साँझ पीडितकै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी श्रीचौरबाट खटिएको प्रहरीले उनलाई सोमबार दिउँसो पक्राउ गरेको हो ।
त्यस्तै , झापामा ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । शिवसताक्षी नगरपालिका-५ आमबाडी बस्ने ५५ वर्षीय फुलसिंह ताजपुरियालाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको छ ।
घर नजिकै खेल्न गएकी ती बालिकालाई ताजपुरियाले ललाई फकाई सोही ठाउँस्थित धानबारीमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय शिवगञ्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij