
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । अदालतको अवहेलना गरेको भन्दै नेपाली कांग्रेसका सांसद रमेश लेखक र नेकपा (एकीकृत समाजवादी)का सांसद अमरबहादुर थापा विरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।
सांसदद्वय लेखक र थापा विरुद्ध दैलेखका ज्ञयप्रसाद अधिकारीले शुक्रबार सर्वोच्च अदालतको इजलासमा रिट दिएका हुन् । यसअघि सर्वोच्च अदालत प्रशासनले उनले दिएको रिट दरपीठ गरेको थियो । त्यसका विरुद्ध उनले इजलासमा निवेदन दिएका हुन् ।
उनले सर्वोच्च अदालत प्रशासनको दरपीठ गर्ने निर्णय बदर गरी रिट दर्ता गर्न आदेश माग गरेका छन् । सांसदद्वय लेखक र थापाले सर्वोच्चको आदेश विपरीत संसद्मा र सञ्चारमाध्यममा बोलेर अदालतको अपहेलना गरेको अधिकारीको जिकिर छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij