
May 22 2025 | २०८२, जेठ ८ गते
काठमाडौं । नेकपा एमाले सुदूरपश्चिमको अध्यक्षमा मनोनयन दर्ता गराएका वचनबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका छन् । सिंहले उम्मेदवारी फिर्ता लिएको निर्वाचन कमिटिको कार्यालयले जनाएको छ ।
यसअघि अध्यक्ष पदका उम्मेदवार कमलप्रसाद तिमिल्सिनाले पनि उम्मेदवारी फिर्ता लिएका थिए । सहमतिकै आधारमा नेताहरूले अछामका कृष्णप्रसाद जैशीलाई सर्वसम्मत अध्यक्ष बनाउने सहमति गरेका थिए ।
तर पनि अध्यक्षमा जैशी र अछामका भरत साउदको उम्मेदवारी कायम छ । नेताहरुले साउदसँग पनि संवाद जारी रहेको बताएका छन् । नेता भीम रावलले साउदलाई समर्थन जनाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij