
May 22 2025 | २०८२, जेठ ८ गते
काठमाडौं । संरक्षित वन्यजन्तु सालकको खपटा (आखेटोपहार) जस्तो देखिने वस्तु ६ किलोसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको दोरम्बा गाउँपालिका–६ बस्ने ३४ वर्षीय शुकलाल तामाङ रहेका छन् ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–८, कपाली चोकबाट केन्द्रीय अनुसन्धान ब्युरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले तामाङलाई मंगलबार पक्राउ गरेको हो ।
अवैध रूपमा ओसारपसार तथा खरिद बिक्री गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरिएको जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij