
May 22 2025 | २०८२, जेठ ८ गते
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारी र जर्मनीस्थित अन्तर्राष्ट्रिय श्रम संगठन बर्लिन ब्यूरोकी निर्देशक डा. एनेट निडेरफ्राङ्के बीच भेटवार्ता भएको छ ।
उनीहरुबीच बर्लिनस्थित नेपाली राजदूतावासमा भेटवार्ता भएको हो । मन्त्री भण्डारीको सचिवालयले भेटवार्तामा मर्यादित एवं सुरक्षित श्रम आप्रवासन र नेपाली कामदारलाई सामाजिक सुरक्षामा सहकार्य गर्नेबारे छलफल भएको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij