Logo

May 22 2025 | २०८२, जेठ ८ गते

May 22 2025 | २०८२, जेठ ८ गते

छम्पीका भूमिहीनलाई निस्सा वितरण

छम्पीका भूमिहीनलाई निस्सा वितरण

  • ललितपुर । राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरले गोदावरी नगरपालिका–९ छम्पीका भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरेको छ । छम्पीका २३ भूमिहीन परिवारलाई निस्सा वितरण गरिएको आयोग जिल्ला समिति ललितपुरका संयोजक श्रीगोविन्द महर्जनले जनाएका छन् ।  ।

    images
    images
    images

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा ललितपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उदयशम्शेर राणाले निस्सा वितरण गर्दै नेपाली भूमिमाथि सबै नेपालीको अधिकार रहेको बताए ।

    images
    नेता राणाले पहिलोपटक विपी कोइराला नेतृत्वको निर्वाचित सरकारले भूमिसुधार लागू गरेको उल्लेख गर्दै तीन–चारपटक भूमि सुधार नीति अगाडि बढेको तर्क गरे । गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले दुई महिनाभित्र नगरपालिकाका सबै वडामा निस्सा वितरणको काम सम्पन्न गर्ने बताए ।

    आयोगले सक्रियताका साथ काम गरिरहेको उल्लेख गर्दै भूमि आयोग जिल्ला समिति सदस्य रमेशप्रसाद घिमिरेले पहिले सुकुम्बासी पहिचान गर्ने र प्रमाणित भएपछि स्थानीय तहले उपलब्ध गराएको स्थानमा जग्गाधनी पुर्जा वितरण गरिने बताए ।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij