
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौँ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले निष्कासन गरेको आइपिओ आज मङ्गलवार बाँडफाँड हुँदैछ । आज असोज २ गते बिहान ९ बजे बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले शेयर बाँडफाँड गर्दैछ । भदौ २१ देखि भदौ २५ गतेसम्म कम्पनीले सर्वसाधारणलाई आइपिओ निष्कासन गरेको थियो ।
कम्पनीले सर्वसाधारणलाई २४ लाख २७ हजार ७ सय ५० कित्ता शेयर निष्कासन गरेको थियो । प्रति कित्ता शेयर मूल्य ५० रुपैयाँ रहेको छ । आईपीओमा आवेदन दिंदा न्यूनतम २० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिनु पर्ने व्यवस्था थियो । शेयर बाँडफाँड हुँदा पनि न्यूनतम २० कित्ताको दरले नै बाँडफाँड हुनेछ ।
गत असार १७ गते कम्पनीलाई नेपाल धितो पत्र बोर्डले शेयर निष्कासनको अनुमति प्रदान गरेको हो । आफ्नो शेयरको प्रति कित्ता अङ्कित मूल्य ५० रुपैयाँ कम्पनीले कायम गरेको छ । कम्पनीको जारी पुँजी १ अर्ब १७ करोड रहेको छ । आइपिओ निष्कासनपछि कम्पनी चुक्ता पुँजी १ अर्ब १७ करोड पुग्नेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij