Logo

Sep 09 2025 | २०८२, भदौ २४ गते

Sep 09 2025 | २०८२, भदौ २४ गते

बिर्तामोडमा कर्फ्यु आदेश जारी

बिर्तामोडमा कर्फ्यु आदेश जारी

  • काठमाडौँ । झापा जिल्ला प्रशासन कार्यालयले बिर्तामोड नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।

    images
    images
    images

    सोमबार राति साढे ८ बजेदेखि मंगलबार बिहान ५ बजेसम्म बिर्तामोड नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो ।जेनजी युवा पुस्ताको आन्दोलन उग्र बनेपछि प्रशासन कार्यालय झापाले पूर्वमा बिर्तामोड बसपार्क छिर्ने मोडसम्म, पश्चिममा राम चोक, उत्तरमा महानन्दचोक र दक्षिणमा सैनिक मोड चार किल्लामा कर्फ्यु आदेश जारी गरिएको छ ।

    images

    प्रशासनले सो क्षेत्रभित्र प्रदर्शन, बैठक, घेराउ गर्न नपाउने बताएको छ । कर्फ्यु आदेश जारी भएसँगै सो क्षेत्रमा नेपाली सेना परिचालन हुने भएको छ ।

    सोमबार झापाको विर्तामोड र दमकमा जेनजीको आन्दोलन उग्र बनेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij