
May 13 2025 | २०८२, वैशाख ३० गते
काठमाडौं । अपर अरुण जलविद्युत् परियोजनाको पूर्व तयारीका लागि विश्व बैंकबाट प्राप्त हुने ६ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने सरकारले निर्णय गरेको छ ।मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले सो जानकारी गराइन् ।
बैठकले राष्ट्रिय सिँचाइ नीति, २०८० स्वीकृत गर्ने निर्णय पनि गरेको छ । तीन सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकको सरुवा गर्ने बैठकले निर्णय गरेको उनले बताइन् । त्यस्तै, बैठकले नेपाल न्याय सेवा, न्याय सेवाको राजपत्राङ्कित प्रथम श्रेणीका १३ अधिकृतहरूको सरुवा गर्ने निर्णय पनि गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij