
May 23 2025 | २०८२, जेठ ९ गते
काठमाडौँ । काठमाडौंको पेप्सिकोला छाप्रोमा भएको सवारी दुर्घटनाको अनुसन्धानका क्रममा दुई जना पक्राउ परेका छन् । दुर्घटना हुँदाको समयको सिसिटिभि फुटेजमा देखिएका बाइक चालक दीपेन्द्र तामाङ र सन्तोष घलेलाई प्रहरीले पक्राउ गरेको छ ।
मोटरसाइकलले बस अगाडिबाटै लेन क्रस गरेपछि बचाउन खोज्दा बा ३ ख ४८४८ नम्बरको बसले बा ६ च ५३४२ नम्बरको जिप, बागमती प्रदेश ०२–०४१ प ४८३८ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ०२–०३७ प ५३११ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
मोटरसाइकलले जडिबुटीतिरबाट तीव्र गतिमा आइरहेको बसलाई छल्दै लेन क्रस गरेको थियो । बसले मोटरसाइकललाई जोगाउने क्रममा बोलेरोलाई ठक्कर दिएपछि दुई जनाको मृत्यु भएको थियो भने ५ जना घाइते भएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij