
May 23 2025 | २०८२, जेठ ९ गते
काठमाडौं । जिल्ला प्रशासन कार्यालय बर्दियाले अशक्त नागरिकलाई घरमै पुगेर नागरिकता दिएको छ । गुलरिया नगरपालिका-८ स्थित थपुवा निवासी गौतम थारुलाई नेपाली नागरिकताको प्रमाणपत्र घरमै दिइएको छ ।
करेन्ट लागेर विगत ५ वर्षदेखि कम्मरभन्दा मुनिको माग नचल्ने भई विस्तारामै रहेका थारुको घरमा आँफै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरेको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत लोकप्रसाद ढकालले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij