
May 23 2025 | २०८२, जेठ ९ गते
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत आज इजिप्ट प्रस्थान गरेका छन् ।
उनका प्रेस संयोजक रामचन्द्र दुलाका अनुसार मन्त्री बस्नेत भोलिदेखि इजिप्टको कायरोमा सुरु हुन लागेको जनसङ्ख्या, स्वास्थ्य तथा विकाससम्बन्धी विश्व सम्मेलनमा भाग लिन आज इजिप्ट प्रस्थान गरेका हुन् ।
इजिप्टमा मन्त्री बस्नेतले सम्मेलनलाई सम्बोधन गर्नुका साथै इजिप्टका स्वास्थ्यमन्त्रीसँग दुई पक्षीय बैठक तथा दक्षिण पूर्वएसियाका स्वाथ्यमन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम तय भएको उनले जनाएका छन् ।
उनको साथमा मन्त्रालयका सचिव विकास देवकोटा समेत रहेका छन् । यही भदौ २४ गते मन्त्री बस्नेत स्वदेश फर्किनु हुने कार्यक्रम छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij