
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । नेपाल सितोरियो कराते संघ कर्णाली प्रदेशको अध्यक्षमा हरि विष्ट सर्वसम्मत चयन भएका छन् । वीरेन्द्रनगर सुर्खेतमा सितोरियो कराते संघको प्रथम कर्णाली प्रदेश अधिवेशन सोमबार सम्पन्न भएको छ ।
अधिवेशनबाट उपाध्यक्षमा हेमन्तकुमार मल्ल, रामप्रसाद पाण्डे, गोविन्दबहादुर घर्ती मगर, चित्रबहादुर राना, सचिवमा रमेशकुमार थापा, सहसचिवमा सीता भण्डारी र नन्दलाल खत्री, कोषाध्यक्षमा हिमाली भण्डारी र सदस्यहरूमा प्रेम पाण्डे, ज्ञानेन्द्र भण्डारी, सन्तोष महतरा, लेखतबहादुर शाही, प्रेयाङ्का शाही र अजय गुरुङ चयन भएका छन् ।
त्यस्तैगरी मनोनीत सदस्यमा भुवन ज्ञावली, प्रकाश पन्त, कृति गुभाजु शाक्य, केसर रोकाय चयन भएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij