
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु भएको छ । सर्जिकल भवनको तलाबाट हाम फालेका ती पुरुष अन्दाजी ४० वर्ष रहेको अस्पतालका सूचना अधिकारी सागर मिश्रले जनाएका छन् ।
बिरामीको आफन्त हुँ भन्दै अस्पतालभित्र प्रवेश गरेका उनले माथि तलामा गएर हाम फालेका थिए । अस्पताल प्रशासनले बुझ्दा उनका कोही बिरामी अस्पतालमा नभएको पाइएको छ । यो मेरो मान्छे हो भनेर कोही भन्न नआएको र लाश बेवारिसे अवस्थामा रहेको जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij