Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

ब्राउन सुगरसहित तीन जना पक्राउ

ब्राउन सुगरसहित तीन जना पक्राउ

  • काठमाडौँ । लागुऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । मोरङको बेलबारी नगरपालिका-१० का २६ वर्षीय सुरेश धिमाल, झापाको गौरादह नगरपालिका-४ का २५ वर्षीय सन्देश लिम्बू र मोरङको उर्लाबारी नगरपालिका-७  का २७ वर्षीय बिनोद लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।  

    images
    images
    images

    इलाका प्रहरी कार्यालय कुमरखोद र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट टाघनडुब्बाबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार बेलुका सवा ९ बजे झापा गाउँपालिका-१ बेलायतीबारीबाट उनीहरूलाई पक्राउ गरेको हो ।

    images

     भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०२-०४७ प ७०४२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा एअर फिल्टर भित्र लुकाएर ४४ ग्राम २८० मिलिग्राम ब्राउन सुगर भेटिएपछि चालक धिमाललाई पक्राउ गरेको झापाका प्रहरी प्रवक्ता खगेन्द्र प्रसाद रिजालले जनाएका छन् ।

    images

    त्यस्तै संगै आएको २१ प १०४० नम्बरको अर्को मोटरसाइकलमा आएका सन्देश र विनोद लिम्बूको साथबाट ५० हजार रूपैयाँ बरामद गरेको जनाइएको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij