
May 16 2025 | २०८२, जेठ २ गते
काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यलाई पनि प्रतिवादी बनाएको छ । सीआईबीले सहसचिव वैद्यलाई फरार प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयलाई रायसहितको अनुसन्धान प्रतिवेदन पेस गरेको हो ।
२०७० सालमा वैद्य काठमाडौंको भूमिसुधार अधिकारी हुँदा पशुपति टिकिन्छा गुठीका नाममा सरकारी जग्गा दर्ता गरी नक्कली मोही खडा गरेर हिनामिनामा सघाएको सीआईबीको निष्कर्ष छ ।
सीआईबीले उनीविरुद्ध एक करोड आठ लाख ७९ हजार तीन सय १० रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गर्न सिफारिस गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij