
May 24 2025 | २०८२, जेठ १० गते
काठमाडौं । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक इन्जिनियरिङ (बीई) को शिक्षण शुल्क बढाएको विरोधमा नेविसंघका नेता आमरण अनसनमा बसेका छन् । दुई दिनदेखि इकाई सभापति पुल्चोक क्याम्पसमा शुलभ चापागाईंले आमरण अनशन बसिरहेका छन् ।
बीईको शिक्षण शुल्क ३ लाख १८ हजारबाट बढाएर ७ लाख ७७ हजार पुर्याइएको छ । अवैज्ञानिक र असान्दर्भिक शुल्क वृद्धि गरिएको भन्दै चापागाईँ डीन कार्यालय अघि आमरण अनशन बसेका छन् । शुल्क वृद्धिले इन्जिनियरिङ अध्ययनप्रतिको रुचि घट्ने विद्यार्थीहरुको तर्क छ ।
शुल्कवृद्धि गरेर विद्यार्थीलाई विदेश जान बाध्य पारिएको विद्यार्थीहरुको भनाइ छ । शुल्क वृद्धिको नेविसंघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनले विरोध गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij