
May 24 2025 | २०८२, जेठ १० गते
काठमाडौं । मिस नेवाः नेपाल ११४३ को उपाधि काठमाडौं चन्द्रागिरीकी सकिना महर्जनले जितेकी छन् । नेप्लिज फेसन होमद्धारा आयोजित फिनालेमा उनले १६ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि चुमिन् ।
उनले उपाधिबापत एक लाख रुपैयाँ नगद प्राप्त गरेकी छिन् । प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा मंगलबार राति नेवारी कला, संस्कृति र भेषभूषा प्रस्तुत गर्दै फिनाले आयोजना गरिएको थियो । शीर्ष पुरस्कारसँगै सकिनाले मिस पर्सनालिटीको सहविधा पनि हात पारिन् ।
काठमाडौंको म्हैपीकी रिधिशा श्रेष्ठ फस्ट रनरअप र डल्लुकी मिनशा महर्जन सेकेण्ड रनरअप घोषित भएका छन् । फिनालेकी प्रमुख अतिथि काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आफू मिस नेवाः भएकै कारण यहाँसम्म आइपुगेको बताइन् ।
उनले मिस नेवाः सधैंको मिस नेवाः हुने बताइन् । उनले नेवारी भाषा र कला सिक्नका लागि मात्र नभई आत्मविश्वास र व्यक्तित्व विकासका लागि मिस नेवाः राम्रो प्लेटफर्म भएको बताइन् । रोजिन शाक्यको कोरियोग्राफी, राजु नापितको नेपाल भाषा प्रशिक्षणमा सम्पन्न कार्यक्रम मिस नेवाः नेपाल कृषा महर्जनको संयोजनमा सम्पन्न भएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij