
May 25 2025 | २०८२, जेठ ११ गते
काठमाडौँ । अरिङ्गालको टोकाइबाट गुल्मीमा १ जना युवाको मृत्यू भएको छ । मृत्यु हुनेमा जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ४ का २१ वर्षीय शैलेस सिंह ठकुरी रहेका छन् ।
साथीहरुसंग देवीस्थान सामुदायिक वनको जंगलमा सल्लाको बोटमा रहेको अरिङ्गालको गोलो पोल्ने क्रममा अरिङ्गालले टोक्दा ठकुरी घाइते भएका थिए ।
जिल्ला प्रहरी कर्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेका अनुसार घाइते ठकुरीको तम्घास अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij