
May 25 2025 | २०८२, जेठ ११ गते
काठमाडौं । भक्तपुर जिल्ला क्रिकेट संघको अध्यक्ष पदमा मनिषराज पाण्डे निर्वाचित भएका छन् । जिल्ला क्रिकेट संघको तेस्रो अधिवेशन तथा साधारण सभाबाट नेपालका पूर्वखेलाडी मनिष पाण्डेले अर्का प्रत्यासी रुपक रन्जितलाई २ मतले हराउँदै बिजयी भएका छन् ।
जसमा पाण्डेले १४ मत प्राप्त पाए भने रुपकले १२ मत पाए । त्यस्तै राष्ट्रिय अम्पायर धर्म सुन्दर शाक्यले पनि उपाध्यक्षमा १४ मत ल्याउँदै निर्वाचित भएका छन् । अर्का प्रत्यासी कुन्दन राज सुवेदीले भने १२ मत ल्याए । यसैगरी सचिव पदमा भने सन्जय बस्नेत र किशोर चौगुठीले समान १३ मत प्राप्त गरेपछि चिठ्ठामार्फत सन्जय विजयी भए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij