
May 25 2025 | २०८२, जेठ ११ गते
काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नं ४, पासिकोटस्थित कान्तिपुर नमुना बस्तीमा गएराति करिब साढे १ बजेतिर ठूलो आवाजसहित पहिरो खसेको छ । पहिरोले स्थानीय नरेश पाण्डेको घरलाई आंशिक क्षति पुर्याएको बुढानिलकण्ठ नगरपालिकाकी उप–प्रमुख अनिता लामाले जानकारी दिइन् ।
उनका अनुसार पहिरो लागेर पाण्डको घरको दाहिने मोहडातर्फको कम्पाउण्ड, झ्याल तथा मुख्य गेट र पर्खाललाई गम्भीर क्षति पुर्याएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij