Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

एसिया ट्रायथलन संघको वरिष्ठ सल्लाहकारमा श्रेष्ठ

एसिया ट्रायथलन संघको वरिष्ठ सल्लाहकारमा श्रेष्ठ

  • काठमाडौँ । नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ एसिया ट्रायथलन संघको वरिष्ठ सल्लाहकारमा नियुक्त भएका छन् । आइतबार साउदी अरेबियाको रियादमा बसेको निर्वाचित प्रतिनिधिहरुको पहिलो बैठकले श्रेष्ठलाई वरिष्ठ सल्लाहकारमा नियुक्त गरेको हो ।

    images
    images
    images

    अब एसिया ट्रायथलन संघको केन्द्रीय कमिटीको बैठकमा श्रेष्ठले सहभागिता जनाउन पाउने छन् । केन्द्रीय कमिटीको पहिलो बैठकले श्रेष्ठलाई वरिष्ठ सल्लाहकारमा नियुक्त गर्ने निणर्य गरेको हो । उनी अन्तर्राष्ट्रिय ट्रायथलन संघको एनओसी रिलेसन कमिसनका सदस्य पनि हुन् ।

    संघको वरिष्ठ सल्लाहकारमा नियुक्त भएपछि श्रेष्ठले नेपालमा ट्रायथलनको विकासमा अझ बढी सक्रिय भूमिका निर्वाह गर्न सकिने विश्वास व्यक्त गरे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij