
Aug 10 2025 | २०८२, साउन २५ गते
काठमाडौँ । रौतहट प्रहरीले नौं किलो प्रतिबन्धित लागू औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरको टोलीले आइतबार दिउँसो चन्द्रपुर नगरपालिका वडा न. ४ धनसारबाट गाँजा सहित युवकलाई पक्राउ गरेको हो । बाराको निजगढ नगरपालिका वडा न.१२ बस्ने बर्ष ३४ को दिपक थिङलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डिएसपी दिपक रायका अनुसार ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरबाट प्रहरी साहयक निरीक्षक टिका माया सिवाकोटिको टोलीले पूर्वपश्चिम सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ८० प ९८९३ नं.को मोटरसाइकल चेकजाँच गर्ने क्रममा गाँजा फेला परेको हो ।
मोटरसाइकल पछाडी जेब्रा झोलामा लुकाई छिपाई ल्याउदै गरेको दुई पोका पलास्टिकसहित ९ किलो ७५० ग्राम गाँजा फेला परेको डिएसपी रायले जानकारी दिए । यस विषयमा थप अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
पछिल्लो समयमा रौतहट प्रहरीले निगरानी बढाउन थालेपछि प्रतिबन्धित लागू औषध, संग्लन र कारोबारीहरु पक्राउ पर्न थालेका छन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij