Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

गृहमन्त्री बादलको टिप्पणी : ‘प्रचण्ड र माधव नेपाल खिया लागेको नटबल्टु’

गृहमन्त्री बादलको टिप्पणी : ‘प्रचण्ड र माधव नेपाल खिया लागेको नटबल्टु’

  • काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले पुरानो संसद् पुनर्स्थापनाले अस्थिरतालाई जन्माउनुका साथै प्रतिगमनलाई पनि सहयोग पुग्ने दावी गरेका छन् ।

    images
    images
    images

    शुक्रवार आयोजित एक कार्यक्रममा उनले भने, ‘पुरानो संसद पुनर्स्थापनाले राजनीतिक अस्थिरतालाई जन्माउँछ । त्यसकारण त्यसको राजनीतिक औचित्य समाप्त भएको थियो । संसद पुनर्स्थापना भए प्रतिगमनलाई सहयोग पुर्याउँछ ।’

    उनले अबको चुनावबाट स्थापना हुने नयाँ संसदले नै देशमा स्थायित्व ल्याउन सक्ने समेत जिकिर गरे । आफूहरु त्यही निष्कर्ष पुगेर नै संसदको पुनर्स्थापना होइन नयाँ संसदका लागि जनताको बीचमा आएको उनको भनाइ छ ।

    यस्तै उनले प्रचण्ड र माधव नेपाललाई खिया लागेको नटबल्टुको संज्ञा दिँदै उनीहरु पार्टीबाट बाहिरिएसँगै अहिले शुद्धीकरण अभियान चलिरहेको बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij