
May 23 2025 | २०८२, जेठ ९ गते
काठमाडौं । ललितपुरको फर्सीडोल ईँटा भट्टामा निसान गाडीको ठक्करबाट एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार ललितपुर महानगरपालिका २२ फर्सिडोल ओम श्री इँटाभट्टा उद्योगभित्र प्रदेश ०३–०१–००३ प ९०८३ नम्बरको निसान गाडीको ठक्करबाट सोही इँटाभट्टामा काम गरी बस्ने रोल्पा कोटगाउँ गाउँपालिका ६ घर भएका २० वर्षीय सुरेस कुमालको छोरा ५ वर्षीय सागर कुमालको मृत्यु भएको हो ।
गाडीका सहचालकलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहको जानकारी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij