
May 22 2025 | २०८२, जेठ ८ गते
ललितपुर । कोञ्ज्योसोम गाउँपालिकाका ४३ भूमिहीन दलित, सुकुम्बासी परिवारलाई राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरले निस्सा वितरण गरेको छ ।
आयोग जिल्ला समितिले वडा तहबाट पालिका हुँदै सङ्कलन भएको तथ्याङ्कका आधारमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, पालिकाको प्रमुख प्रशासकीय अधिकृतसहितको उपस्थितिमा निस्सा वितरण गरेको हो । भूमिहीन तथा सुकुम्बासीलाई जग्गा वितरण गर्न कुनै समस्या नरहेको राष्ट्रिय भूमि आयोग ललितपुरका जिल्ला संयोजक श्रीगोविन्द महर्जनले बताएका छन् ।
पालिकाभित्रका सबै सुकुम्वासी, भूमिहीनलाई जग्गा वितरणका लागि राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरसँग समन्वय गरेर चाँडै टुङ्गोमा पुर्याउने कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले बताएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij