
May 25 2025 | २०८२, जेठ ११ गते
काठमाडौँ । सहकारीले ठगी गरेको भन्दै अभिनेत्रीहरूले पनि अनशन सुरु गरेका छन् । दुई पाका अभिनेत्रीहरू बसुन्धरा भुसाल र चैत्यदेवीले ठगी गर्ने सहकारीलाई कारबाहीको माग गर्दै माइतीघर मण्डलामा अनशनमा बसेका हुन् ।
उनीहरूले दिनको १० घण्टाका दरले ठगी गर्ने सहकारीविरुद्ध अनशन सुरु गरेको बताए । आफूहरूको जीवनभरको कमाई सिभिल सहकारीले ठगी गरेको उनीहरूको आरोप छ । उनीहरूले सहकारीमा बचत गरेको २ करोड ६० लाख रुपैयाँ फिर्ता नपाएको बताए ।
रकम लिनका लागि पटक–पटक सहकारीमा गए पनि रित्तो हात फर्कनु परेको अभिनेत्रीहरूको गुनासो छ । बसुन्धरा, चैत्यदेवी र भुवन चन्दले फसेको रकम झिक्न पहल गर्न भन्दै प्रधानमन्त्रीदेखि दलका शीर्ष नेताहरूलाई भेटिसकेका छन् ।
उनीहरूले कहीँबाट पहल नभएपछि आफूहरू धर्नामा बस्न बाध्य भएको बताए । चैत्यदेवी र बसुन्धराका आफन्त र परिवारको १४ जना सदस्यले जम्मा गरेको दुई करोड ६० लाख रुपैयाँ सहकारीमा फसेको उनीहरूको दाबी छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij