
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य डिल्लीप्रसाद उप्रेती एमालेमा फर्किएका छन् । एमाले नेता रेवती पन्तका अनुसार सोमबार एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा पुगेर उप्रेतीले आफू अव एमालेमै रहेर राजनीति गर्ने बताएको हो ।
उप्रेतीलाई एमालेका वार्ता समितिका संयोजक सुमन प्याकुरेल लगायतले एमालेमा फर्काउन प्रयास गरेका थिए । उप्रेती २०७९ सालमा भएको निर्वाचनमा एकीकृत समाजवादीसहितको सत्ता गठबन्धनबाट प्रदेशमा उम्मेदवार बनेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij