
Jun 21 2025 | २०८२, असार ७ गते
ललितपुर । मिटरब्याज पीडितमाथि पटकपटक बलात्कार गरेको आरोपमा पक्राउ परेका सूर्जमान मालीविरूद्ध मानवबेचबिखन तथा ओसारपसार कसुरमा जाहेरी परेको छ । एसएसपी शिद्धीबिक्रम शाहका अनुसार आइतबार पीडितले जिल्ला प्रहरी परिसर ललितपुरमा मानवबेचबिखनको कसुरमा जाहेरी दिएको हो ।
पीडितले मिटरब्याजमा लिएको ५ लाख तिर्न नसक्दा घर जग्गा नै कब्जामा आफूमाथि पटकपटक बलात्कार भएको भन्दै जाहेरी दिएकी छन् । पीडितले माली र अर्का एक जनाविरूद्ध पनि जाहेरी दिएकी छन् । ललितपुर प्रहरीले मालीलाई ठेंचोस्थित घरबाट शुक्रबार पक्राउ गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij