Logo

May 25 2025 | २०८२, जेठ ११ गते

May 25 2025 | २०८२, जेठ ११ गते

पनौतीमा पर्यटक सूचना केन्द्र स्थापना

पनौतीमा पर्यटक सूचना केन्द्र स्थापना

  • काठमाडौँ । काभ्रेपलाञ्चोकको पनौतीमा पर्यटक सूचना केन्द्र स्थापना गरिएको छ । पनौती पर्यटन विकास केन्द्रको १५ औँ स्थापना दिवसका अवसरमा सम्पदा क्षेत्र अवस्थित ७ नं वडामा केन्द्रको स्थापना गरिएको हो ।

    images
    images
    images

    एक कायक्रमका बीच बाग्मती प्रदेश सरकारका खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामाले बिहीबार उक्त केन्द्रको कार्यालय उद्घाटन गरे । पनौतीलाई धार्मिकरुपमा चिनाउन, पर्यटकको आगमनलाई वृद्धि गराउन, धार्मिक पर्यटकको बसाई लम्ब्याउन आवश्यक रहेको बताउँदै उनले पनौतीलाई विश्व सम्पदामा सूचीकृत गर्ने प्रक्रियामा सहयोग गर्ने बताए ।

    images

    पर्यटकलाई सूचना केन्द्रमार्फत पनौती क्षेत्रभित्रका पर्यटकीयस्थलको परिचय दिई घुम्न जाने सवारी साधनको व्यवस्थापन, पनौती आएका पर्यटकलाई पर्ने समस्यालाई सहज बनाउने तथा सुरक्षासमेत प्रदान गर्ने उद्देश्यले केन्द्र स्थापना गरिएको हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij