
May 25 2025 | २०८२, जेठ ११ गते
काठमाडौँ । जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र वितरण शुरु गरेको छ । १ साउन २०७७ देखि लमजुङमा राष्ट्रिय परिचय पत्रको फारम भर्न थालिएको थियो । त्यसको तीन वर्षपछि परिचयपत्र वितरण थालिएको हो ।
बुधबारबाट जिल्ला प्रशासन कार्यालय लमजुङले परिचय पत्र वितरण थालेको हो । बेँसीसहर नगरपालिका-८ का ज्येष्ठ नागरिक प्रेमलाल श्रेष्ठ र बालचन्द्र श्रेष्ठलाई परिचयपत्र हस्तान्तरण गरी प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले परिचयपत्र वितरण शुरु गरेका हुन् ।
बुधबारसम्म १ लाख ३५१ जनाले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका छन् । जिल्ला प्रशासन कार्यालयबाट १७ हजार ६९१ जना महिला र २२ हजार २१४ जना महिला गरी ३९ हजार ९०५ जनाले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका छन् ।
त्यस्तै गत माघ ४ गतेदेखि वैशाख मसान्तसम्म कार्यालयले विभिन्न पालिकामा सञ्चालन गरेको घुम्ती अभियानका क्रममा ६० हजार ४४६ जनाको आवेदन संकलन गरिएको थियो ।
प्रजिअ अधिकारीले तीमध्ये २०७७ सालमा आवेदन दिएका २ हजार ४ सय ८७ जनाको परिचयपत्र बनेर आएको जानकारी दिए। कार्यालयबाट परिचय पत्रका लागि आवेदन दिएका र परिचय पत्र तयार भइसकेका सेवाग्राहीको मोबाइलमा सन्देश पठाएर जानकारी दिने व्यवस्था मिलाइएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij