Logo

May 25 2025 | २०८२, जेठ ११ गते

May 25 2025 | २०८२, जेठ ११ गते

सप्तरीमा एक युवकको हत्या

सप्तरीमा एक युवकको हत्या

  • काठमाडौं । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १० इनर्वामा स्थानीय २१ वर्षीय तिर्कनारायण मण्डलको शव आज बिहान घर नजिकै हिलोमा फेला परेको र अजय मण्डल नामका अर्का युवक घाइते अवस्थामा फेला परेको सप्तरीका प्रहरी प्रवक्ता नरेशकुमार सिंहले जानकारी दिए ।

    images
    images
    images


    ‘घटनास्थलको प्रकृति हेर्दा युवकको हत्या नै भएको देखिन्छ । अर्का युवक घाइते छन् । घटना कति बेलाको हो त्यो खुल्न सकेको छैन,’ प्रवक्ता सिंहले भने । उनका अनुसार स्थानीयले आज बिहान ६ बजेतिर शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । घटनाबारे अनुसन्धान गरिरहेको उनले बताए ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij