
May 26 2025 | २०८२, जेठ १२ गते
काठमाडौं । दक्षिण ललितपुरको चौघरेबाट गोली सहित बन्दुक बरामद गरिएको छ । प्रहरीले कोन्जोसोम गाउँपालिका १ चौघरे मुलडोल बस्ने अशोक थिङको घरबाट लोड गरी राखेको भरूवा बन्दुक १ थान मंगलबार बिहान प्रहरीले बरामद गरेको हो ।
थिङको घरमा अवैध भरूवा बन्दुक रहेको भन्ने सूचानाको आधारमा ईलाका प्रहरी कार्यालय कोन्ज्योसोमबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । फरार थिङको खोजी गर्नुको साथै प्रहरीले घटनाकासम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij