
May 26 2025 | २०८२, जेठ १२ गते
काठमाडौं । पुर्व मिस नेपाल माल्भिका सुव्वाले आफ्नो श्रीमानसंग सम्बन्ध विच्छेद गरेको रहस्य खुलाएकी छिन् । एक अन्तरवार्तामा उनले दुई वर्षअघि नै सम्बन्ध अन्त्य गरेको बताएकी छिन् । लामो समयसम्म आफ्नो श्रीमानसंग झगडा परेको र घर छोडेको उनको भनाई छ । आफूसँग छोरा रहेको उनको पालनपोषण गर्न कठीन बनेको बताएकी छिन् ।
सम्बन्ध विच्छेद भए पनि पुर्वश्रीमानको घर नजिकै बसेकी माल्भिकाले बच्चालाई वाबु, हजुरवुवा र हजुरआमासँग रहन सहयोग गरेकी थिइन् ।
अन्तवार्ताका अनुसार माल्भिकाका केही साथीहरुले राइसकुकर र प्लेटलगायतका सरसामान किनेर सहयोग समेत गरेका थिए । श्रीमानको घरबाट निस्कदा आफ्नो बच्चा बाटोमा धेरै बेरसम्म रुँदा गल्ती गरेको महशुस हुने गरेको रहस्य समेत उनले खोलेकी छिन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij