
May 26 2025 | २०८२, जेठ १२ गते
काठमाडौं । दाङको तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको स्कारपियोलाई खोलामा आएको बाढीले बगाएको छ । तुलसीपुर उपमहानगरपालिका – १४ जनकपुरमा स्थानीय खोलामा आएको बाढीले बा ११ च १५११ नम्बरको स्कारपियो बगाएको हो ।
स्कारपियोमा चालक मात्र थिए । उनको स्थानीयको सहयोगमा उद्वार भएको छ । स्कारपियो भने अहिले पनि खोलामै रहेको र निकाल्ने प्रयास भइरहेको प्रहरीको भनाई छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij